ब्राइट बचत तथा ऋण सहकारी संस्था सहकारी सञ्चालनका सर्वमान्य सिद्धान्त, मूल्य मान्यताहरु शिरोपर गर्दै विभिन्न जात, धर्म, पेशा तथा व्यवसायमा आबद्ध व्यक्ति एवं समुदायलाई एक्यबद्ध गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न तथा संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले २०५६ सालमा स्थापना भएको हो । यो संस्था स्थापनाकाल देखि नै आफ्नो उदेश्यमा अविचलित र अटल छ साथै देशको नियम कानुनको परिधि भित्र रहेर सहकारीका राष्ट्रिय एवं अन्तराष्ट्रिय सिद्धान्तहरुमा समेत प्रतिबद्ध रहदै आएको छ।
१ सदस्यताका लागि निवेदन र प्राप्तीः–
- संस्थाको सदस्यता लिन इच्छुक व्यक्तिले तोकिएको ढाँचामा विवरणहरु खुलाई आवश्यकता अनुसार सोको प्रमाण संलग्न गरी निवेदन पेश गरे पश्चात सोमा आवश्यक जाँचबुझ गरी समितिको निर्णय बमोजिम सदस्यता प्रदान गरिनेछ ।
- सञ्चालक समितिले सदस्यताको लागि निवेदन प्राप्त भएको बढीमा ३५ दिनभित्र सदस्यता प्रदान गर्ने नगर्ने निर्णय गर्नेछ । निर्णय गर्दा सञ्चालक समितिले सदस्यता प्रदान नगर्ने निर्णय गरेमा सोको कारण खोली सात दिनभित्र निवेदकलाई लिखित जानाकारी गराउनेछ ।
२. सदस्यताको अन्त्यः–
- सहकारी ऐन २०७४ को दफा३४ को उपदफा (१) बमोजिम कुनै पनि सदस्यको सदस्यता देहायमा उल्लेख भएको अवस्थामा कायम रहने छैन ः
- सदस्यले आफ्नो सदस्यताबाट दिएको राजीनामा स्वीकृत भएमा,
- सदस्यको मृत्यु भएमा,
- बहुलाएको वा मानसिक सन्तुलन ठिक नभएमा,
- विनियममा भएको व्यवस्था बमोजिम सदस्यताबाट निष्कासित भएमा,
- संस्था टाट पल्टेमा वा विघटन भएमा,
- प्रचलित ऐन, नियम तथा विनियम बमोजिम सदस्यले पालना गर्नु पर्ने प्रावधानहरुको बारम्वार उल्लंघन गरी संस्था तथा संस्थाका अन्य सदस्यलाई नोक्सान पु¥याउने काम गरेको प्रमाणित भएमा,
- नियमित बचतकर्ताको रुपमा सदस्य नभई ऋण लिने उद्धेश्यले मात्र सदस्य भएमा,
- वार्षिक साधारण सभामा विना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा,
- फौजदारी अभियोगमा सजाय पाएमा ।
- माथि जुनसुकै कुरा लेखिएको भएता पनि कुनै सदस्यले संस्थाबाट प्राप्त गरेको ऋण वा संस्थालाई तिर्नु÷बुझाउनुपर्ने कुनै बक्यौता भुक्तानी गर्न बाँकी छ भने त्यस्तो सदस्यले र त्यस्तो सदस्यको तर्फबाट धितो वा जमानत बस्ने सदस्यले आफ्नो सम्पूर्ण दायित्व फ¥र्छौट नहुञ्जेलसम्म संस्थाको सदस्यताबाट राजीनामा गर्न पाउने छैन । राजीनामा स्वीकृत भइसकेको रहेछ भने पनि निजले संस्थालाई तिर्नुपर्ने दायित्वबाट उन्मुक्ति पाउने छैन ।
३. सदस्यको निष्काशनः–
- सञ्चालक समितिले छानविन गरी एवं सफाईको मौका समेत दिई कुनै सदस्यलाई निम्न आधारमा बहुमतको निर्णयले सदस्यताबाट निष्काशन गर्न सकिनेछ ः–
- संस्थाको सञ्चालन र प्रगतिमा हानी हुने कुनै काम गरेमा,
- संस्थाको स्वीकृत विनियम तथा आन्तरिक कार्यविधिको वर्खिलाप हुने कार्य गरेमा,
- संस्थाको प्रतिष्ठामा आँचआउने कुनै पनि कार्य गरेमा,
- संस्थाको चलअचल सम्पत्ति हिनामिना गरेको प्रमाणित भएमा,
- विनियममा व्यवस्था भए बमोजिमको आवश्यक योग्यता नरहेमा ।
- कुनै सदस्यलाई सञ्चालक समितिले निष्काशन गर्नुअघि सम्बन्धित सदस्यलाई आफूलाई लागेको आरोप सम्बन्धमा स्पष्टिकरण दिने र आरोपको खण्डन गर्ने वा आवश्यक प्रमाण प्रस्तुत गर्न बढीमा ३५ दिनको समय दिइनेछ ।
- छानविनको क्रममा समितिको बहुमतको निर्णयले सम्बन्धित सदस्यलाई निलम्वन गरी संस्थाबाट कुनै खास सेवा वा सुविधा उपलब्ध गर्न नपाउने गरी बढीमा एक वर्ष सम्मका लागि बन्देज लगाउन सक्नेछ ।
- सञ्चालक समितिको निर्णय उपर चित्त नबुझेमा सम्बन्धित सदस्यले साधारणसभा समक्ष उजुरी गर्न सक्नेछ र साधारण सभाले गरेको निर्णय नै अन्तिम हुनेछ ।
- माथि जुनसुकै कुरा उल्लेख भएता पनि साधारणसभा बोलाउने निर्णय भइसकेपछि साधारणसभा सम्पन्न नभएसम्म कसैलाई पनि सदस्यबाट हटाईने छैन ।
४. सदस्यताबाट राजीनामाः—
- कुनै सदस्यलाई संस्थाको सेवा तथा सुविधा आफूलाई आवश्यक छैन भन्ने लागेमा सदस्यताबाट राजीनामा दिन सक्नेछ तर सदस्यता छोड्न चाहने सदस्यले संस्थाबाट लिएको ऋण वा अन्य तिनुपर्ने दायित्व चुक्ता गर्न बाँकी सदस्य वा नीजको जमानत बस्ने कुनै पनि सदस्यले राजीनामा दिन पाउने छैन राजीनामा स्वीकृत भईसकेको रहेछ भने पनि त्यस्तो व्यक्तिले संस्थालाई तिर्नु बुझाउनुपर्ने दायित्वबाट छुट पाउनेछैन ।
- यस्तो राजीनामा सो आर्थिक वर्षको अन्तिम दिनको भोलि पल्टबाट लागुहुने गरी समितिले स्वीकृत गर्नेछ ।
- सदस्यले सदस्यताबाट राजीनामा आर्थिक वर्ष समाप्त हुनुभन्दा ३ (तीन) महिना अगावै निवेदन पेश गर्नुपर्नेछ ।
- संस्थाको चुक्ता शेयर पूँजीको ५ (पाँच) प्रतिशत भन्दाबढी रकम बराबरको शेयर खरिद गर्ने सदस्यले सदस्यता छोड्न चाहेमा कम्तीमा १२ (बाह्र) महिना अगावै लिखित निवेदन पेश गर्नुपर्नेछ ।
- सदस्यता छोड्न चाहने सदस्यलाई संस्थाको आर्थिक अवस्थाको विश्लेषणका आधारमा अर्थात् शेयरको तत्काल कायम कितावी मूल्य (Book Value) को आधारमा हिसाब गरी शेयर रकम फिर्ता गरिनेछ ।
पुनः सदस्यताः– सदस्यताबाट दिएको राजीनामा समितिबाट स्वीकृत भई सदस्यबाट हटेको व्यक्तिले पुनः सदस्यता लिन चाहेमा राजीनामा स्वीकृत भएको मितिले १ (एक) वर्षपछि मात्र आवश्यक प्रक्रिया पुरा गरी सदस्यता लिन सकिनेछ ।
प्रवेश तथा सदस्यता शुल्क
- सदस्यताको लागि प्रवेश शुल्क रु. १००/–
- व्यवस्थापन शुल्क रु ५००/–
- कम्तीमा २५० कित्ता शेयरको लागि रु २५,०००/–(वाल सदस्य बाहेक)
- मासिक/वाल बचत कम्तीमा रु.१०००/–
- साधारण बचत कम्तीमा रु.१०००/–(वाल सदस्य बाहेक)
क १६ (सोह्र) वर्ष उमेर पुरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त देहाय बमोजिमका नेपाली नागरिकहरु यस संस्थाको सदस्य बन्न सक्नेछन ।
- संस्थाको कार्यक्षेत्रभित्र बसोवास गरिरहेको वा संस्थाको कार्यक्षेत्रभित्र पेशा÷व्यवसाय गरिरहेको,
- संस्थाको कम्तीमा एक कित्ता शेयर खरिद गरेको,
- संस्थाको स्वीकृत विनियममा उल्लेखित शर्तहरु पालना गर्न मञ्जुर गरेको,
- संस्थाको जिम्मेवारी निर्वाह गर्न मञ्जुर गरेको,
- संस्थाले गरेको कारोवारसँग प्रतिस्पर्धा हुनेगरी कारोवार नगरेको,
- संस्था दर्ताको लागि निवेदन दिने व्यक्तिहरु र संस्थादर्ता भइसकेपछि सदस्यताको लागि देहायका योग्यता पुगेका व्यक्तिहरु
ख व्यक्तिगत सदस्यताका लागि योग्यता
- नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको व्यक्ति,
- संस्थाको कार्यक्षेत्रभित्र बसोवास गरेको वा दर्ता गरी व्यवसाय गरिरहेको,
- संस्थाको विनियमको पालना गर्न मञ्जुर गरेको,
- संस्थाको सेवा उपभोग गर्न चाहने र संस्थाको जिम्मेवारी वहन गर्न स्वीकार गरेको व्यक्ति,
- प्रचलित कानुनले अयोग्य नठहरिएको व्यक्ति,
- संस्थाको स्वीकृत विनियम बमोजिम सदस्यता शुल्क बुझाई शेयर खरिद गरेको व्यक्ति,
- संस्थाको बचत सम्बन्धी आन्तरिक कार्यविधि बमोजिम आफ्नो क्षमता अनुसार नियमित बचत गर्न मञ्जुर गरेको व्यक्ति,
- समान प्रकृतिको र सोही कार्यक्षेत्रभित्रको अन्य विषयगत सहकारी संस्थाको सदस्य नभएको व्यक्ति,
- सहकारी ऐन, नियमावली तथा संस्थाको आन्तरिक कार्यविधि बमोजिम सदस्य बन्न अयोग्य नभएको व्यक्ति,
- सदस्यता प्राप्त भएको ३ बर्ष पुगिसकेको भएमा लगातार विना सुचना ३ वटा बार्षिक साधारण सभामा अनुपस्थित नभएको व्यक्ति ।
- सहकारी ऐन बमोजिम नेपाल सरकार, प्रदेश सरकारका निकायहरु, स्थानीय तहका साथै संस्थाको कार्यक्षेत्र भित्रका विद्यालय, सामुदायिक विद्यालय, गुठी, स्थानिय क्लव, स्थानिय तहमा दर्ता भएका स्थानिय गैरनाफामूलक संस्था, उत्पादन र सेवामूलक संघसंस्था तथा उपभोक्ता समूहहरु संस्थाको सदस्य बन्न देहायका आवश्यक कागजातहरु पेश हुनुपर्ने ।
- प्रमाणित नियामक निकायको स्वीकृति र सिफारिस पत्र (if applicable)
- गुठीको हकमा गुठी संस्थानको सिफारिस।
- विद्यालयको हकमा शिक्षा कार्यालय वा सम्बन्धित निकायको सिफारिस।
- संस्थाको उद्देश्य, कार्य पद्धति, सदस्यता आदि उल्लेख भएको नियमावली ।
- सम्बन्धित दर्ता निकायमा वा सम्बन्धित प्राधिकरणमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
- पदाधिकारीहरूको नाम, पद, नागरिकता नम्बर, र कार्यकाल उल्लेखित हालसालैको कार्यसमिति सूची।
- सहकारी संस्थामा खाता खोल्ने निर्णय, खाता संचालन गर्ने व्यक्तिको नाम उल्लेख भएको बैठकको निर्णयपत्र ।
- संस्थाको अन्तिम वर्षको आय व्यय विवरण र लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि,
- खाता संचालन गर्ने व्यक्तिको निम्न कागजातहरू
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- पासपोर्ट साइज फोटो (२ प्रति)
- व्यक्तिगत विवरण (KYM Form)
- हस्ताक्षर नमूना